You are here
Home > खेलकुद > विश्वकप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

विश्वकप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

१५ आश्विन २०७५, सोमबार १३:०२

काठमाडौं –बुधवार देखि मलेसियामा आयोजना हुने विश्वकप एसिया ईष्र्टन क्षेत्र छनोटमा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।

आइतवार मात्र विश्वकप छनोटका लागि १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको छ । प्रदिप ऐरी तीन वर्ष पछि तथा नेपालको डेब्यु एकदिवसीय खेलमा घाइते भएका शरद पनि नेपाली टोलीको अन्तिम १४ मा पर्न सफल भएका छन्।

बन्द्र प्रशिक्षणका लागि बोलाइएका १८ जनामा परेका तिब्र गतिका बलर दिपेश श्रेष्ठ र शाहब आलमले विश्वकप छनोटका लागि स्थान बनाउन सकेनन् ।

गत महिना मलेसियामा नै आयोजना भएको एसिय कप छनोटमा नौ महिनापछि राष्ट्रिय टोलीमा कमब्याक गरेका सागर पुन पनि अन्तिम १४ मा अटाउन सकेनन् ।

विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिख म्यानमारको सामना गर्नेछ । दोश्रो खेल अक्टोबर ६ मा घरेलु टोली मलेसियासँग हुने छ ।

त्यस्तै नेपालको तेश्रो खेलमा थाईल्यान्डँग अक्टोबर ७ र अक्टोबर १० मा नेपालले चीनसँग खेल्ने छ ।

  • 1
    Share