You are here
Home > समाचार > साँगामा सडक अतिक्रमण गरि बसेकालाई हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप

साँगामा सडक अतिक्रमण गरि बसेकालाई हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप

१५ आश्विन २०७५, सोमबार १३:३६

काठमाडौं- बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा प्रहरी र स्थानीयबासिबीच झडप भएको छ।

नगरपालिकाले अनधिकृत घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्गमा अवरोध गरेका छन् ।राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको हो।

नगरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।

घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।

  • 6
    Shares