You are here
Home > समाचार > टोल टोलमा प्रहरी अभियानमा

टोल टोलमा प्रहरी अभियानमा

१५ आश्विन २०७५, सोमबार १५:४१

काठमाडौं-समाजमा शान्ति शुरक्षा कायम गर्न नेपाल प्रहरीले ल्याएको टोल-टोलमा प्रहरी अभियानलाई निरन्तरता दिन दार्चुला प्रहरी सक्रिय भएको छ । अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईहरुले घरेलु हिंसा, महिला हिंसा, लागु औषध नियन्त्रण, मदिरा नियन्त्रण र सवारी साधन दुर्घटना न्युनिकरण सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरीरहेको छ ।

सिमा प्रहरी चौकी लालीले लेकम गाउँपालिका वडा नं. ३ रतौडा, ईलाका प्रहरी कार्यालय लटिनाथले मार्मा ५ स्थित मुरैमा, प्रहरी चौकी धौलाकोटले ब्याँस गाउँपालिका वडा नम्बर ५ मा स्थानियलाई भेला गराई जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै प्रहरी चौकी सुनसेराले ब्याँस गाउँपालिकाको दम्फामा प्रहरी चौकी जोलजिबीले मालीकार्जुन ६ बांकु चिउरेनीमा जनचेतना मुलक कार्यक्रम गरी सन्देश प्रवाह गरेको प्रहरीले जनाएको छ । जनतासंग सहकार्य गरी सामाजिक अपराध न्युनिकरण गर्न प्रहरीले टोल टोलमा अभियानलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

  • 7
    Shares