You are here
Home > खेलकुद > यू-१९ एसिया कपः नेपाल अफगानिस्तानसंग ३ विकेटले पराजित

यू-१९ एसिया कपः नेपाल अफगानिस्तानसंग ३ विकेटले पराजित

१५ आश्विन २०७५, सोमबार १६:१८

काठमाडौं- नेपाल बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार टेष्ट राष्ट्र अफगानिस्तानसंग ३ विकेटले पराजित हुँदै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

क्रिरा शिख मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो। अफगानिस्तानका लागि कप्तान रहमानउल्लाह गुर्बाजले २६ रन जोड्दा अजमातुल्लाह ओमरजाईले २३ रन जोडे। नेपालका सुर्य तामाङले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो। नेपालका लागि रोहित कुमार पौडेलले ४९ रन जोडपनि टोलीको उच्च स्कोर बन्न सकेन। रोहित मात्र १ रनमा अर्धशतक बनाउन चुकेका थिए।

यस्तै नेपालका लागि राशिद खानले २९ तथा कप्तान आसिफ शेखले २० रन जोडे। ऋत गौतमले १० रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए । कैस अहमद र अब्दुल रहमानले २र२ विकेट लिए ।

समूह ुएु मा रहेका नेपाल पहिलो खेलमा भारतसंग १ सय ७१ रनले पराजित भएको थियो । अब नेपालले मंगलबार युएईसंग खेल्ने छ ।

 

  • 2
    Shares