You are here
Home > समाचार > पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

१५ आश्विन २०७५, सोमबार १६:२७

सिन्ह्वा- इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् ।

प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय कमान्डरहरु मलाङ र कारी दाउद समेतका लडाकू मारिएका छन् । आइएसले भने आक्रमणको क्षतिबारेमा कुनै प्रतिक्रिया दिएको छैन

  • 2
    Shares