You are here
Home > समाचार > निर्मला पन्त हत्या प्रकरणः नेविसंघद्धारा भोलि कञ्चनपुर बन्द

निर्मला पन्त हत्या प्रकरणः नेविसंघद्धारा भोलि कञ्चनपुर बन्द

१५ आश्विन २०७५, सोमबार १९:२९

कञ्चनपुर – कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भोलि कञचनपुर बन्दको आह्वान गरिएको छ ।

नेपाल विद्यार्थी संघले प्रतिवेदनका साथमा निर्मलाको हत्यारा सार्वजनिकको माग गर्दै मङगलबार (भोलि) कञ्चनपुर बन्दको आह्वान गरेको हो । घटना घटेको दुई महिनाभन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु शंकास्पद भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्दको कार्यक्रम राखिएको नेविसंघले जनाएको छ ।

भोलि बजार, यातायात, कलकारखाना, शिक्षण संस्था सबै बन्द रहने छ । तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेमा आफूहरु थप सशक्त आन्दोलनमा जाने नेविसंघले चेतावनी दिएको छ ।

 

  • 4
    Shares