
रुपन्देही-भारतबाट भन्सार छली, चौरी पैठारी गरी गोदाम गरी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ५हजार ५ सय किलो गहुँ वरामद गरेको छ ।
जिल्लाको रोहिणी गाउपालिका ५ बुची भन्ने स्थानमा भारतबाटल्याई गोदाम गरी राखेको अवस्थामा प्रहरीले प्रति वोरा ५० किलोका १सय १० बोरा गहुँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता कुमोध ढुगेलले बताउनु भयो ।
बरमद गरिएको गहुँलाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको छ उक्त गहुँको रु.१लाख १०हजार मूल्याङकन गरिएको छ ।
- 6Shares