You are here
Home > समाचार > गैरकानुनी रुपमा एरिजोना बोर्डरबाट अमेरिका छिर्दै गरेका २६४ जना पक्राउ

गैरकानुनी रुपमा एरिजोना बोर्डरबाट अमेरिका छिर्दै गरेका २६४ जना पक्राउ

१६ आश्विन २०७५, मंगलवार ११:३६

काठमाडौं-एरिजोनाको मरुभूमीबाट गैरकानुनी रुपमा अमेरिका छिर्दै गरेका २६४ जना आप्रवासीहरुलाई अमेरिकी सीमा सुरक्षा बलको गस्तीले पक्राउ गरेका छ । सीबीपीले उनीहरुलाई २४ घण्टाको अवधिभित्र पक्राउ गरेको हो।

दुईवटा ठूला समुहमा अमेरिका छिर्न लागेका उनीहरुलाई सिमाक्षेत्रमा पक्राउ गरिएको हो। लुकभिल पोर्ट अफ इन्ट्री नजिक गस्ती गरिरहेका बेला मंगलबार अमेरिका छिर्दै गरेको १६४ जनाको समुह फेला परेको थियो। त्यसलगत्तै बुधबार १ सय जनाको समुह अमेरिका छिर्दै गर्दा पक्राउ भेटिएको थियो।

गैरकानुनी रुपमा सिमा पार गरेर अध्यागमन अपराध गरेको अभियोगमा उनीहरुलाई युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनको स्टेशनमा हस्तान्तरण गरिएको छ। पक्राउ परेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

पक्राउ पर्नेहरु ११ महिनादेखि ५९ बर्ष उमेर समुहका रहेको सीबीपीले जनाएको छ।विगत तीन महिनामा उक्त क्षेत्रमा सीबीपीले गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने १२ सय भन्दा धेरैलाई पक्राउ गरेको छ ।

  • 1
    Share