You are here
Home > समाचार > ३३ किलो सुन प्रकरणः थाई एयरवेजका सात कर्मचारी निष्कासित

३३ किलो सुन प्रकरणः थाई एयरवेजका सात कर्मचारी निष्कासित

१६ आश्विन २०७५, मंगलवार १२:१४

काठमाडौं- साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको थाई एयरवेजका सात कर्मचारी निष्कासित भएका छन् ।

अवकाश पाउनेमा हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन् ।एयरवेजले असोज ५ गतेबाट लागू हुने गरी सात कर्मचारी अवकाश दिएको हो ।

मोरङ जिल्ला अदालतको आदेशले उनीहरु पुर्पक्षका लागि थुनामा छन् । थुनामुक्त भई मुद्दाको बाँकी कार्बाही अघि बढाउनका लागि उच्च अदालतमा निवेदन दिए पनि आदेश भइसकेको छैन ।

एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐन अनुसार अवकाश दिइएको जनाएको छ । जिल्ला अदालतको आदेश अनुसार जेठ ८ गतेदेखि उनीहरु थुनामा छन् ।

  • 4
    Shares