You are here
Home > समाचार > ३ सय किलो गाजासहित एक जना पक्राउ

३ सय किलो गाजासहित एक जना पक्राउ

१६ आश्विन २०७५, मंगलवार १८:२२

काठमाडौं-इन्धनको ट्याङ्करबाट ३ सय किलो गाजा सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी रहेका छन् ।

इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार बिहान ठकुरीलाई पक्राउ गरेको हो । ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए ।

‘मकवानपुरबाटै त्यो गाँजा पठाइएको खुलेको छ । रक्सौलमा गाँजा रिसिभ गर्ने व्यक्तिको पनि पहिचान प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएका प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको प्रहरीले जनाएको छ।

  • 1
    Share