You are here
Home > समाचार > नुवाकोटमा प्रहरी र प्रशासनको संयुक्त छड्के अनुगमनमा

नुवाकोटमा प्रहरी र प्रशासनको संयुक्त छड्के अनुगमनमा

१६ आश्विन २०७५, मंगलवार १९:०१

काठमाडौं-सार्वजनिक यातायातमा न्युनतम मापदण्डको समेत पालना नगरेको गुनासो बढेपछि नुवाकोट प्रशासन र प्रहरीले सार्वजनिक यातायातका साधनमा छड्के अनुगमन गर्न सुरु गरेको छ ।

यातायातका साधनहरुले यात्रुहरुलाई विभिन्न तवरबाट ठग्ने गरेको गुनासो पछि जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लामा सञ्चालित यातायातका साधनहरुमा अनुगमन गर्न सुरु गरेको हो।

अनुगमन गर्ने क्रममा टोलीले गाडीमा भाडा दर टाँस गरे नगरेको, राज्यले सुरक्षित गरेको महिला–अपाङ्ग तथा बृद्धको लागि छुट्टाइएको आरक्षण सिट कार्यान्वयनको अबस्था, गाडीको संरचना, बाल मजदुरको प्रयोग, गाडीको क्षमता अनुसारको प्रयोग, यात्रुहरुलाई गाडीका कर्मचारीले गर्ने व्यवहार लगायतको बारेमा अनुगमन गरेको हो ।

अनुगमनमा नुवाकोटमा सञ्चालित गाडीहरु यात्रुमैत्री नपाइएको जिल्ला ट्राफिक प्रहरी नुवाकोटका प्रमुख शम्भु अधिकारीले बताएका छन ।

प्रमुख अधिकारीका अनुसार क्षमताभन्दा धेरै यात्रुहरु चढाउने,गाडीहरुले भाडादर सबैले देख्ने स्थानमा नटासेको, अपाङ्गता, महिला तथा अशक्त यात्रुको लागि राज्यले नै सुरक्षित गरेको आरक्षण कोटा सदुपयोग, बालश्रमिकको प्रयोग लगायतका मापदण्ड पालना नगरेको पाइकाले सचेत गराइएको छ ।

  • 1
    Share