You are here
Home > समाचार > चाडपर्वलाई लक्षित गरि ३६० प्रहरी परिचालित

चाडपर्वलाई लक्षित गरि ३६० प्रहरी परिचालित

१६ आश्विन २०७५, मंगलवार १९:०६

काठमाडौं-दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् । जिल्लाको शान्ती सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा ३ सय ६० प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरुलाई मध्यनजर राखि सार्वजनिक यातायातका साधनहरुमा आवस्यकता अनुसार सादा पोशाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने गरिने छ ।

सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जिल्लामा मूख्य नाकाहरुमा २४ सै घण्टा सवारी साधन तथा यात्रुको चेकजाचँ गरिने बताए। उनले बजारक्षेत्रमा पिकेट, मोवाईल गस्ती, गस्ती, पैदल गस्ती २४ सैँ घन्टा परिचालन गरी सिसि क्यामेराबाट निगरानी गरिएको बताए।

उनले ट्राफिक प्रहरी सहित प्रभावकारी चेकिङको ब्यबस्था मिलाईएको बताउदैँ ईलाका प्रहरी कार्यालय सितलपाटी, लुहाम, देवस्थल, थारमारे र प्रहरी चौकी कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिने बताए।

बिशेषगरी चाडबाडमाल बिभन्न अपराधिक घटना हुन सक्छन, त्यसैले सुरक्षा योजना कडा पारिएको छ, प्रहरी प्रमुख शाहीले भन्न भयो, जिल्लामा आवागमन र बहिरगमन हुने सिमा नाकाहरुमा २४ सै घण्टा प्रहरी टोली तैनाथ गरी सवारी साधन तथा यात्रुको चेकजाच गरिने र राजमार्गहरुमा कडा सुरक्षाको निगरानी गरिने डिएसपी शाहीले बताए।

  • 1
    Share