You are here
Home > समाचार > तारकेश्वरबाट ५ किलो सुनसहित एक जना पक्राउ

तारकेश्वरबाट ५ किलो सुनसहित एक जना पक्राउ

१७ आश्विन २०७५, बुधबार ०७:३१

काठमाडौं-काठमाण्डौको तारकेश्वर नगररपालिका वडा नं ३ को तिनपिप्ले प्रहरी बिट बाट ५ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिशुलीबाट काठमाडौं आउदै गरेको सार्वजनिक यातायातमा एक जना व्यक्तिको साथ बाट सुन पक्राउ गरिएको प्रहरी जवान दिपेन्द्र कडरियाले जानकारी दिए।

थप अनुसन्धानका बालाजु बाट डिएसपी सहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ । पक्राउ पर्ने व्यक्तिको नाम भने खुलाइएको छैन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • 3
    Shares