You are here
Home > समाचार > प्रदेश नम्बर ७ को राजधानी गोदावरीमा राष्ट्रिय पत्रिका जलाइयो

प्रदेश नम्बर ७ को राजधानी गोदावरीमा राष्ट्रिय पत्रिका जलाइयो

१७ आश्विन २०७५, बुधबार ०८:१०

काठमाडौं-प्रदेशसभाले सुदूरपश्चिको राजधानी गोदावरी राख्ने निर्णय गरेको स्थानका युवाले राष्ट्रिय पत्रिकाहरु जलाएका छन् ।

गोदावरी तेघरी राजधानी तोकिएपछि सो स्थानमा राजधानी उपयुक्त नभएको भन्ने समाचार प्रकाशित गरेको दाबी गर्दै अत्तरियामा पत्रिका जलाइएको हो ।

आक्रोशित युवा पत्रिका नियन्त्रणमा लिन बिहानै सडकमा उत्रिएका थिए। उनीहरुले नेपालगंञ्जबाट सुदूरपश्चिमका विभिन्न जिल्लाका लागि पुर्याइएका कान्तिपुर, नागरिक लगायतका पत्रिका नियन्त्रणमा लिदै अत्तरिया चोकमा जलाएका थिए ।

आक्रोशित उनिहरुले गाडीबाट पत्रिका निकाल्दै एक्कासी जलाएको वितरकले बताएका छन् । बहुमत सदस्यले प्रदेशको राजधानि तेघरी गोदावरी राखेको र राष्ट्रिय पत्रिकाहरुले चुरे खतारामा, बाधको बाटोमा राजधानी लगायतका शिर्षक राखेर समाचार प्रकाशित गरेको उनीहरुको आरोप थियो ।

  • 5
    Shares