You are here
Home > समाचार > नेपालगञ्जमा तनावः अखिल क्रान्तिकारीको सम्मेलन स्थल प्रहरीको नियन्त्रणमा

नेपालगञ्जमा तनावः अखिल क्रान्तिकारीको सम्मेलन स्थल प्रहरीको नियन्त्रणमा

१७ आश्विन २०७५, बुधबार ११:५०

काठमाडौं-प्रहरीले अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनको उद्घाटन हुने स्थल प्रहरीले नियन्त्रणमा लिएपछि विहानैबाट नेपालगंजमा तनाव उत्पन्न भएको छ ।

ठूलो संख्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्घाटन हुने स्थल रामलिला मैदानलाई आफ्नो नियन्त्रणमा लिएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको पूर्वघोषित जिल्ला सम्मेलनको उद्घाटन रामलिला मैदानमा गर्ने तोकिएको थियो ।

प्रहरीले विहानैबाट उक्त स्थल आफ्नो नियन्त्रणमा लिएको र अखिल क्रान्तिकारीले आफूले सोही स्थानमा उद्घाटन गर्ने बताएपछि झडप हुने स्थितिसम्म पुगेको थियो।

आफ्नो सम्मेलन असफल पार्न सरकारले प्रहरी परिचालन गरिएको अखिल क्रान्तिकारीले बताएको छ ।

पूर्व सूचनाअनुसार आज दिउँसो १२ बजे रामलिला मैदानमा क्रान्तिकारीले जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैबीच अखिल क्रान्तिकारी बाँकेका नेता भरत रावलले आफुहरुले कुनैपनि हालतमा रामलिला मैदानमा नै कार्यक्रम गर्ने जानकारी दिए।

  • 18
    Shares