You are here
Home > खेलकुद > नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

१७ आश्विन २०७५, बुधबार १४:३२
काठमाडौं-आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको हो ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
तर, नेपालले दोस्रो बलमै पहिलो विकेट गुमाएको थियो । समयपछि टिममा परेका प्रदिप सिंह ऐरी साई वाईको बलमा सुन्य रनमा आउट भएका थिए। त्यसपछि नेपालका लागि करण केसीले अविजित १४ रन जोड्दै नेपाललाई सहज जित दिलाए ।
यस्तै नेपालका अनिल कुमार साहले ११ रन जोड्दा बिनोद भण्डारी १ रनमा अविजित रहे । म्यानमारका पियाङ डानु र साई वाईले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले १० ओभरमा अलआउट हुँदै २९ रन जोडेको थियो ।  म्यानमारका लागि कप्तान लिन अङले सर्वाधिक १६ रन जोडे ।
यस्तै म्यानमारका को को लिन थुलाईले ४ रन जोड्दा यी नेइंङ थुन र थुया ओङले ३/३ विकेट लिए ।  म्यानमारका ५ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।  नेपालका सन्दीप लामिछानेले ४ विकेट लिदा ललित राजवंशीले ३ विकेट लिए ।
नेपालले म्यानमारलाई दोस्रो पटक हराएको हो । यसअघि सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
अब नेपालले दोस्रो खेलमा मलेसियासंग शनिबार खेल्नेछ । यस्तै नेपालले तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।

 

 

  • 3
    Shares