You are here
Home > समाचार > बलात्कारका घटनामा अधिकाशं चिनजानकै संलग्नताः आईजीपी खनाल

बलात्कारका घटनामा अधिकाशं चिनजानकै संलग्नताः आईजीपी खनाल

१७ आश्विन २०७५, बुधबार १४:४३

चितवन –प्रहरी महानिरीकल सर्वेन्द्र खनालले बलात्कार गर्नेमा चिनजानकै मान्छे धेरै हुने गरेको बताएका छन्। बुधबार भरतपुरमा आयोजित लागू औषध निषेध र मदिरा नियन्त्रण र महिला बालबालिका हिंसा न्युनीकरण सम्बन्धी कार्यक्रममा महानिरीक्षक खनालले बलात्कार गर्ने अपराधीमा २४ प्रतिशत मात्रै पीडितले नचिनेका मान्छे हुने बताए।

७५ प्रतिशतभन्दा धेरै पीडक चिनेका आफन्त र छिमेकका हुने बताए । त्यसैले हामी देशव्यापी जागरण अभियानमा लाग्दै छौं, उनले भने, देशका ८० लाख विद्यार्थी, ४० लाख अभिभावक र पाँच लाख अभिभावक समक्ष हामी पुग्ने छौं महानिरीक्षक खनालले भने।

  • 5
    Shares