You are here
Home > समाचार > सेनामाथि राजनीति नगर्न डा. कोइरालाको चेतावनी

सेनामाथि राजनीति नगर्न डा. कोइरालाको चेतावनी

१७ आश्विन २०७५, बुधबार १४:५५

काठमाडौं-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सेनामाथि राजनीति नगर्न सरकारलाई चेतावनी दिएका छन्।

गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा बुधवार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताउंदै त्यसमा राजनीति नगर्न चेतावनी दिएका हुन् ।

उनले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको बताए । कोइरालाले कम्युनिस्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको दाबी समेत गरेका छन् ।

कोइरालाले राज्यका सबै निकायमा कम्युनिस्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको आरोप लगाए ।

  • 7
    Shares