You are here
Home > समाचार > काठमाडौंको गोठाटारबाट ७ वर्षीय बालकको अपहरण

काठमाडौंको गोठाटारबाट ७ वर्षीय बालकको अपहरण

१७ आश्विन २०७५, बुधबार १५:४८

काठमाडौं –काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । गोठाटारका ७ वर्षीय बालक अपहरणमा परेका हुन् ।

तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई जानकारी दिएपछि थाहा भएको हो। बालकको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाण्डुका एसएसपी बसन्त लामाले जानकारी दिए ।

तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ ।

‘प्रत्यक्षदर्शीले बालकलाई पिट्दै गाडीमा हालेर लगेको जानकारी दिएका छन् । प्रहरी टोली घटनास्थल पुगिसकेको छ’, काठमाडौं प्रहरीका एसपी अशोक सिंहले बताए ।

बालकको खोजीका लागितीनै जिल्लाका प्रहरी परिचालन गरिएको छ ।

  • 1
    Share