You are here
Home > प्रशासन > साढे ३३ केजी सुन प्रकरणः लोहनी र खनालको निलम्बन फुकुवा

साढे ३३ केजी सुन प्रकरणः लोहनी र खनालको निलम्बन फुकुवा

१७ आश्विन २०७५, बुधबार १६:२१

काठमाडौं-गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ ।

२०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए।

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

गृहन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन ।

गृह सचिव राइले उनीहरुले दिएको निवेदनका आधारमा लोहनी र खनालको कारवाही फुकुवा गरेको हो ।

  • 3
    Shares