You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः गृहमन्त्री थापा र आइजीपी खनालको राजीना माग

निर्मला हत्या प्रकरणः गृहमन्त्री थापा र आइजीपी खनालको राजीना माग

१८ आश्विन २०७५, बिहीबार १२:३०

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई काबारहीको माग गदैं गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।

दिन बिहिबार सिंहदरबार अगाडि धर्ना दिइएको छ ।‘निर्मलाको निम्ति न्याय’ अभियानका अभियन्ताहरुले सिंहदबारको दक्षिण गेटअगाडि धर्ना दिएर उनीहरुको राजीनाको माग गरेका हुन्।

धर्नाका क्रममा उनीहरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका खेलेकालेको भन्दै कारबाही गर्न माग गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालको पनि राजीनामा माग गरेका थिए ।
पन्तको साउन १० गते बलात्कार पछि हत्या भएको थियो ।

  • 4
    Shares