You are here
Home > समाचार > नेकपाको भाृत संगठनद्धारा आईजीपी खनालको राजीनामाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

नेकपाको भाृत संगठनद्धारा आईजीपी खनालको राजीनामाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

१८ आश्विन २०७५, बिहीबार १३:११

काठमाडौं-विद्यार्थी संगठनहरुले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्। सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले एसिड काण्ड र बलात्कार काण्डमा प्रहरी नै चुकेको भन्दै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबारगृहमन्त्रालयमा पुगेर गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनालको राजीनामा माग गरेका हुन् । विद्यार्थी संगठनले बुझाएको ६ बुँदे मागपत्रमा आईजीपी खनाललाई तुरुन्त बर्खास्त गर्न भनिएको छ।

उनीहरुले कार्यबाहक प्रधानमन्त्रीसंग समेत यसबारेमा लिखित ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले पछिल्लो समय देशभर घटेका घटनाहरुमा प्रहरी नेतृत्व असफल भएको भन्दै प्रहरी महानिरीक्षकलाई अविलम्ब बर्खास्त गर्न माग गरेको बताए ।

उनले निर्मला पन्तको घटनामा बनेको छानविन समिति प्रतिवेदन समेत सार्वजनिक गर्न गृहमन्त्रीसंग माग गरेको जानकारी दिए ।

जवाफमा गृहमन्त्री थापाले संगठनको माग प्रति आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए । प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ट प्रहरी बनाउने दाबी गरेपनि उनी नेतृत्वमा आएदेखी नै प्रहरी बिवादमा तानिएको छ।

प्रधानमन्त्री ओलीले समेत प्रहरीको भुमिका कमजोर भएको भन्दै इमान्दार भएर काम गर्न आईजीपी खनाललाई निर्देशन दिइसकेका छन्।

  • 4
    Shares