You are here
Home > समाचार > सिन्धुलीमा ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु, एक जना घाईते

सिन्धुलीमा ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु, एक जना घाईते

१८ आश्विन २०७५, बिहीबार १५:२६

काठमाडौं-सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा ट्रकका चालक लोकबहादुर मगर र सहचालक भोजबहादुर आचार्य रहेका छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

  • 2
    Shares