
काठमाडौं-सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा शयेरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनीले अस्पतालको ओपीडीलगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधिमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रालिका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका हन्।
- 3Shares