You are here
Home > राजनीति > काठमाडौं आईपुगे प्रधानमन्त्री ओली

काठमाडौं आईपुगे प्रधानमन्त्री ओली

१८ आश्विन २०७५, बिहीबार १६:४६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी काठमाडौं आईपुगेका छन्।

प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि आईपुगेकी छन् । प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गरेका थिए ।

उनले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ डाक्टरको उपाधि स्वीकार गरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

  • 1
    Share