You are here
Home > अर्थ/बजार > पौने ९ लाखसहित जुवाको खालबाट ३ जना पक्राउ

पौने ९ लाखसहित जुवाको खालबाट ३ जना पक्राउ

१८ आश्विन २०७५, बिहीबार १६:५४

काठमाडौं-प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीको बुटवल आसपासको क्षेत्रमा जुवाखेल्न आएका अवैध भारतिय ४ लाख ३० हजार २ सय ५० र १ लाख ९० हजार नेपाली सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको एक होटलमा बस्दै आएका २ भारतीय र १ जना नेपाली नागरिकलाई प्रहरीले उक्त रकम संगै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायव उपरिक्षक डिल्ली बहादुर मल्लले जानकारी दिए।

बिषेश सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानको लागी सम्पति शुद्धिकरण हरिहर भवन काठमाण्डौ विहिवार नै पठाईएको प्रनाउ मल्लले बताए।

ईलाका प्रहरी कार्यलय बुटबलका अनुसार बुटबल नेपाल गञ्जरोडमा रहेको एक होटलबाट ४ लाख ३० हजार २ सय ५० भारु र १ लाख ९० हजार नेपाली गरी नेपाली कुल ८ लाख ७८ हजार ४ सय रुपैया बरामद गरिएको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक मेराजुन मिया, ईमरान खान नेपाली नागरिक मेघनाथ कुशपडिया छन् ।
मिया र खान भारत उत्तर प्रदेश बैराइच जिल्लाका हुन् भने कुशपडिया बांके नेपालगंजका हुन् ।

  • 6
    Shares