You are here
Home > प्रशासन > सुन तस्कर प्रकरणः अभियुक्त्त गोपालमान श्रेष्ठलाई थुनामै राख्न उच्च अदालतको आदेश

सुन तस्कर प्रकरणः अभियुक्त्त गोपालमान श्रेष्ठलाई थुनामै राख्न उच्च अदालतको आदेश

१८ आश्विन २०७५, बिहीबार २१:०२

काठमाडौं –सुन तस्करी र सनम शाक्य हत्याका अभियुक्त्त गोपालमान श्रेष्ठलाई उच्च अदालतले थुनामै राखेर पुर्पक्ष गर्न आदेश गरेको छ ।

जिल्ला अदालत मोरङले गत ८ जेठमा पूर्पक्षका लागि थुनामा राख्न गरेको आदेश बेरितको भन्दै निबेदन गर्ने श्रेष्ठको हकमा बिहीबार उच्च अदालत बिराटनगरले जिल्लाकै आदेशलाई सदर गरेको हो ।

अभियुक्त्त गोपालकुमारको निवेदन बेरितको भएकोले जिल्ला अदालतकै आदेश अनुसार कानुन बमोजिम गर्न उच्च बिराटनगरका न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त्त ईजलासले आादेश दिएको हो ।

२० असारमा उच्च अदालतमा दर्ता भएको गोपालमानको उक्त्त निवेदनको सुनवाईका लागि २४ पटक पेशी तोकिएको थियो ।

  • 3
    Shares