You are here
Home > प्रशासन > सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ सइ

सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ सइ

१९ आश्विन २०७५, शुक्रबार १२:३८

काठमाडौं- सशस्त्र प्रहरीले नयाँ भर्नाको लागि विज्ञापन खुला गरेको छ। प्रहरीले ४३ जना सशस्त्र प्रहरी निरीक्षक र दुई सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि विज्ञापन खुला गरेको हो।योग्यता पुगेका आवेदकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन्।

सशस्त्र प्रहरी निरीक्षकको लागि स्नातक गरेको हुनु पर्छ साथै २१ वर्ष पुरा भर्इ २५ वर्ष ननाघेको हुनु पर्ने बताइएको छ। त्यस्तै सहायक निरीक्षकको लागि प्लस टु पास गरेको साथै १८ वर्ष पुरा भर्इ २३ वर्ष ननाघेको हुनु पर्नेछ।

आवेदनको लागि सशस्त्र प्रहरी कार्यालयहरु काठमाडौं, सुनसरी, महोत्तरी, चितवन, कास्की, कपिलबस्तु, सुर्खेत र कैलालीबाट पाइनेछ।

  • 298
    Shares