You are here
Home > समाचार > कैलालीको अत्तरियाममा पत्रिका जलाएको आरोमा चार जना पक्राउ

कैलालीको अत्तरियाममा पत्रिका जलाएको आरोमा चार जना पक्राउ

१९ आश्विन २०७५, शुक्रबार १५:३०

कैलाली- कैलालीको अत्तरीयामा गएको बुधवार राष्ट्रिय पत्रिका जलाएको आरोपमा प्रहरीले शुक्रवार चार जनालाइ पक्राउ गरेको छ । प्रहरीले अत्तरीयाका मुन्ना विक, दुर्गा अधिकारी, धर्म कुँवर र धर्मानन्द विक लार्इ पक्राउ गरेको हो।

उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जाहेरी प्राप्त गरेपछि समाजिक कसुर अन्र्तगत कार्वाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरी वलीले जानकारी दिए।

विषेश अनुसन्धानका आधारमा उनीहरुलार्इ पक्राउ गरीएको उनले बताए। गोदावरीमा राजधानी सारेको विरोधमा समाचार प्रकाशन गरेको भन्दै गत वुधवार अत्तरीयामा कान्तिपुर, काठमाडौ पोष्ट, अन्नपुर्ण पोष्ट र नागरीक दैनिक जलाइएको थियो ।

  • 4
    Shares