You are here
Home > समाचार > प्रधानसेनापति र पाकिस्तानका राजदुतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र पाकिस्तानका राजदुतबीच शिष्टाचार भेटवार्ता

१९ आश्विन २०७५, शुक्रबार १६:०२

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार जंगीअड्डामा भएको भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाइ दिएका थिए । नेपाली सेनाका अनुसार थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रधान सेनापति नियुक्ति भएसँगै थापाले भारत, चीनलगायतका देशका राजदूतसँग भेटवार्ता गरिसकेका छन् ।

  • 14
    Shares