You are here
Home > प्रशासन > अख्तियारद्धारा पप्पुका मालिकसहित १२ जनाविरुद्ध ९० करोडको मुद्दा

अख्तियारद्धारा पप्पुका मालिकसहित १२ जनाविरुद्ध ९० करोडको मुद्दा

१९ आश्विन २०७५, शुक्रबार १६:५१

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध ९० करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

संघीय समाजवादी फोरम नेपालका सांसदसमेत रहेका पप्पुका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार र उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध ९० करोड ८९ लाख २ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका सहप्रवक्ता मदन कोइरालाका अनुसार पप्पुका तत्कालीन अध्यक्ष हरिनाराणविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगोसहित विशेषमा मुद्दा दायर गरिएको हो ।

त्यसैगरी उनका छोरा तथा पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ नै बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।

कर्मचारीले पनि ठेकेदारको बदमाशीलाई चुपचाप स्वीकार गरेको अख्तियारले जनाएको छ। उक्त पुलमा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीको मिलेमतो भएको पुष्टि भएकाले पप्पुका दुवै मालिक र सडक कार्यालयका तीनजना डिभिजन प्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

  • 14
    Shares