You are here
Home > खेलकुद > भारतलाई हराउदै नेपाल फाइनलमा

भारतलाई हराउदै नेपाल फाइनलमा

१९ आश्विन २०७५, शुक्रबार १९:१७

काठमाडौं –नेपाल भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३ – १ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १ – १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अन्जनाले भारतका दुई प्रहार बचाएकी थिइन् भने पेनाल्टीमा एक गोल गरेकी थिइन् ।

यस्तै नेपालका रेखा पौडेल र मनिषा राउतले पनि गोल गरिन । पुजा रानाको प्रहार गोलमा परिणत हुन् सकेन् । भारतका टुडु जाबमानीले एक गोल गरिन् ।

यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्  । तर, भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरी गरेको थियो ।

  • 10
    Shares