You are here
Home > अर्थ/बजार > काठमाडौँको मुलपानीमा जुवा खालमा प्रहरीको छापा, झ्यालबाट भाग्दा दुर्इ जनाको मृत्यु

काठमाडौँको मुलपानीमा जुवा खालमा प्रहरीको छापा, झ्यालबाट भाग्दा दुर्इ जनाको मृत्यु

२० आश्विन २०७५, शनिबार ०७:२४

काठमाडौं –काठमाडौँको मुलमानीमा जुवाको खालमा प्रहरीले छापा मार्दा भाग्नेक्रममा दुर्इ जनाको ज्यान गएको छ। शुक्रबार राति प्रहरीले ठूलो संख्यामा मान्छेहरू जुवाखेलिरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

राति १० बजे प्रहरीले छापा मार्नेक्रममा भाग्न खोज्दा दुर्इजनाको झ्यालबाट लडेर मृत्युको प्रहरीले जनाएको छ।

घटनास्थलमा गम्भीर घाइते देखिएका उनीहरूको प्रहरीको गाडीमा अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो । बिएण्डबी अस्पतालले दुबै जनको मृत्यु भएको पुष्टि गरेको छ ।

अस्पालले मृतक मध्ये ४३ वर्षका सरोज घलेको पहिचान खुलेको जनाएको छ । त्यस्तै मृतक अर्का व्यक्ति पनि अन्दाजी ४३ वर्ष जतिकै रहेको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मध्यरातको ११ः४० बजे मुलपानीको घटनास्थलमा रहेका काठमाडौँ प्रहरीका प्रमुख बसन्त लामाले २५ जना भन्दा बढी व्यक्ति जुवाखेली रहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको जानकारी दिए ।

उनले प्रहरीले छापा मार्नेक्रममा च्यानल गेटले रोकिएको तर प्रहरीले गेट खोल्न लाग्दा जुवाडेहरूको बीचमा भागदौड मच्चिएको जानकारी दिए ।

  • 4
    Shares