You are here
Home > समाचार > सीमा सुरक्षाका लागि ब्रम्हदेबमा सशस्त्र प्रहरीको ‘बिओपी’

सीमा सुरक्षाका लागि ब्रम्हदेबमा सशस्त्र प्रहरीको ‘बिओपी’

२० आश्विन २०७५, शनिबार १२:३१

कञ्चनपर-कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका–९ ब्रम्हदेबमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट ‘बिओपी’ स्थापना गरेको छ। सिद्धनाथ सामुदायिक वनको भवनमा अहिले सशस्त्र प्रहरीको अस्थायी ‘बिओपी’ स्थापना भएको हो।

प्रदेश नम्बर ७ का सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र बहादुर थापाले शुक्रबार एक कार्यक्रमका विच उक्त बिओपीको उद्घाटन गरे ।

सीमा र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले ब्रम्हदेबमा अहिले अवस्थायी प्रकृतिको पोष्ट स्थापना गरेको उनले बताए । सिद्धनाथ सामुदायिक वनले ब्रम्हदेबमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि तीन विगाह जमिन उपलब्ध गराउने निर्णय गरेको छ ।

सिद्धनाथ सामुदायिक वनका अध्यक्ष मोतीसिह महताले सीमा र जनताको सुरक्षाका लागि सामुदायिक वनले साधारण सभाबाट सशस्त्र प्रहरीको बिओपी स्थापनाका लागि जमिन दिने निर्णय गरेको बताए ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्ने बताए । उनले ब्रम्हदेबदेखि पर्शुरामसम्म जलमार्ग बनाउदै सो जलमार्ग भएर सुरक्षा गस्तीको अवधारणा अघि सारे ।

सशस्त्र प्रहरी बल ३५ नम्बर हेडक्वाटर मझगाँउ कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जिल्लाको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले ब्रम्हदेबमा बिओपी स्थापना गरेको बताए । उनका अनुसार प्रहरी निरीक्षक शैलेन्द्र सिह चौसिरको नेतृत्वमा ३५ जना सशस्त्र प्रहरीको टोली रहने छ ।

बिओपीले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोकथामका साथै सीमा सुरक्षा गर्ने छ। कञ्चनपुरको कुल १२९.५किलोमिटर दुरीमा दोधारा, बेलौरीमा स्थायी दुई बिओपी छन्। भने पुर्नवासमा एक अस्थायी पोष्ट छ।

सशस्त्र प्रहरी बलले यस अघि कञ्चनपुरको पुर्नवास, बेलडाँडी र ब्रम्हदेबमा सशस्त्र प्रहरीका सीमा सुरक्षा पोष्ट राख्ने तयारी गरेको थियो ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले ब्रम्हदेबमा सीमा सुरक्षा पोष्ट स्थापना संगै सीमा जोगिने बताए । सीमा क्षेत्रमा रक्षक भएपछि स्वत नेपालको भूमि रक्षा हुने उनको भनाई छ । जनताको साथ सर्मथन आवश्यक रहेको बताउदै उनले सुरक्षाको अनुभूति भएको बताए।

  • 25
    Shares