You are here
Home > प्रशासन > बौद्धका डिएसपी राई घुससहित अख्तियारको फन्दामा

बौद्धका डिएसपी राई घुससहित अख्तियारको फन्दामा

२० आश्विन २०७५, शनिबार २१:१३

काठमाडौं-महानगरीय प्रहरी वत्त, बौद्धका बिबादास्पद प्रमुख डिएसपी श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले राईलाई एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

राईको कार्यशैली चित्तबुझ्दो नभएको र धेरै घुस खोरी भएको उजुरी आईजीपी सचिवालयमा परेको थियो ।

 

  • 7
    Shares