You are here
Home > अर्थ/बजार > पुरानो नोट हुनेले अाजदेखि नयाँ नोट साट्न पाइने, यी ठाउँमा छ सुविधा

पुरानो नोट हुनेले अाजदेखि नयाँ नोट साट्न पाइने, यी ठाउँमा छ सुविधा

२१ आश्विन २०७५, आईतवार ११:०५

काठमाडाैँ-नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा सुरू गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउनेछन । राष्ट्र बैंकका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म एक जनाले साट्न सक्नेछन । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट साट्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् । उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।

  • 5
    Shares