You are here
Home > समाचार > प्रहरीमा शुद्धिकरण अभियान चलाउँछुः आइजीपी खनाल

प्रहरीमा शुद्धिकरण अभियान चलाउँछुः आइजीपी खनाल

२१ आश्विन २०७५, आईतवार १३:०३

काठमाडौं-प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले अब प्रहरीमा शुद्धिकरणको अभियान चलाउने बताएका छन्

केही धमिरा प्रवृतिका प्रहरीका कारण सिङ्गो संगठनको गरिमामा आँच आउने अवस्था देखिएको भन्दै आइजीपी खनालले अब प्रहरी संगठनका ‘धमिरा’ लाई छानीछानी फाल्ने बताएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा अपराधीलाई कार्बाही गर्नुपर्ने प्रहरी स्वयम् प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेकाका बेला आइजीपी खनालको यस्तो प्रतिक्रिया आएको हो ।

प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आइजीपी खनालले आफू प्रहरी संगठनमा बस्नका लागि चाहिने आचरणका बारेमा पटक–पटक निर्देशन दिइसकेको बताउँदै भने, ‘आफूलाई सुधार नगर्ने तर, संगठनलाई नै बदनाम बनाउन खोज्नेहरुलाई खोजीखोजी फाल्छु ।’

‘केही पदाधिकारीले गर्दा सिङ्गो प्रहरी संगठन र इमान्दार प्रहरी अधिकारीहरु समेत लाञ्छनाको शिकार हुनु परिरहेको अवस्था छ,’ उनले थपे, ‘सुध्रिने मौका दिइसकेको छु । अब यस्ता धमिरालाई टिपेर फाल्ने अभियान चलाउँछु । यसमा सबैको साथको खाँचो छ ।’

प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनु पर्छ’, भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा राखे ।

  • 3
    Shares