You are here
Home > समाचार > प्रहरी र प्रशासन बिना सरकार चल्न सक्दैनः मुख्यमन्त्री राउत

प्रहरी र प्रशासन बिना सरकार चल्न सक्दैनः मुख्यमन्त्री राउत

२१ आश्विन २०७५, आईतवार १४:५६

जनकपुर –प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी र प्रशासन बिना सरकार चल्न नसक्ने बताएका छन् । ‘प्रहरी बिना सरकार चल्नै सक्दैन,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश प्रहरी ऐन ल्याउन संघीय सरकारले अवरोध गरेको छ । प्रहरी बिना प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सकिँदैन । प्रदेश सरकार अब हात बाँधेर बस्दैन ।’

प्रदेश सञ्चालन गर्न प्रहरी र करारमा कर्मचारी भर्ना गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘संघिय सरकारबाट कर्मचारी नआउँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या छ ।’

प्रदेश प्रहरी र करारमा कर्मचारी भर्नाकालागि सांसदसँग मुख्यमन्त्री राउतले आग्रह समेत गरे ।आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राउतले प्रदेश प्रहरी ऐनमा विलम्ब नगरी तत्काल पास गर्न सांसदसँग आग्रह गरे ।

  • 3
    Shares