You are here
Home > समाचार > अाफैले पढाउने दुई छात्रालार्इ बलात्कार गर्ने शिक्षक शंकर पहरी पक्राउ

अाफैले पढाउने दुई छात्रालार्इ बलात्कार गर्ने शिक्षक शंकर पहरी पक्राउ

२१ आश्विन २०७५, आईतवार १६:०४

काठमाडौँ –अाफैले पढाउने दुई छात्रालार्इ बलात्कार गर्ने शिक्षक शंकर पहरी पक्राउ परेका छन् ।कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका जनाएकाे छ ।

शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ । शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ ।

कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले कहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाएर बलात्कार गर्ने गरेकाे पिडित परिवारले जनाएका छन् ।

  • 12
    Shares