You are here
Home > प्रशासन > शहरी विकास कार्यालयका प्रमुख सुरेश ठाकुरविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

शहरी विकास कार्यालयका प्रमुख सुरेश ठाकुरविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

२१ आश्विन २०७५, आईतवार १८:५८

काठमाडौं- शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख इन्जिनियर सुरेश ठाकुरविरुद्ध ३ करोड रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गत साउन १२ गते ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका ठाकुरविरुद्ध आइतवार ३ करोड बढी विगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकम लिएर जाँदै गर्दा ठाकुरकी पत्नीलाई समेत पक्राउ गरेको थियो ।  छानबिनका क्रममा ठाकुरको बैंक खातामा २ करोडभन्दा बढीको श्रोत नखुलेको रकम भेटिएको जनाएको समेत अख्तियारले जनाएकाे छ ।

  • 4
    Shares