You are here
Home > समाचार > बालिकालाई १ हजारको लोभ देखाएर यौन दुव्र्यवहार गर्ने दुई जना पक्राउ

बालिकालाई १ हजारको लोभ देखाएर यौन दुव्र्यवहार गर्ने दुई जना पक्राउ

२२ आश्विन २०७५, सोमबार १२:११

कास्की– ३ जना बालिकालाई १ हजारको लोभ देखाएर आफुसँग रात विताउन लगाउने दुई जना भारतीय युवा पक्राउ परेका छन् ।

पोखराको लेकसाईड बाट भारतको विहार राज्यको दतिया जिल्ला घर भई हाल पोखरामा बस्दै आएका १७ वर्षीय सदरे आलम र उनका साथी समिन आलम लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

आइतबार साँझ ५ बजेदेखि हराएका ३ बालिकालाई ललाई फकाई आँफूसंगै राखेको खुलेको छ । उनीहरु ३ जना नै कालिका माध्यमिक विद्यालयमा पढ्ने छात्राहरु हुन् ।

पोखरा वडा नम्वर १५ का १०, ११ र १२ वर्षका ३ जना बालिका विद्यालयबाट फर्केपछि सम्पर्क विहिन भएको र खोज्ने क्रममा पोखराको लेकसाईडस्थित सदरे आलमसंगै उनीहरु फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिए । उनीहरु लेकसाईडमा निर्माण भैरहेको एउटा घरको कोठामा बसेका थिए ।

उनीहरु आइतबार विहान साढे ६ बजेबाट सजिना तामाङ सहितका ५ जना छात्राहरु नृत्य सिक्न भनि घरबाट निस्केका थिए । ११ बजेसम्म स्कूलमा नृत्य सिकेको र त्यसपछि स्कूलबाट उनीहरु घर नगई सिधै पैदल नै हिँडेर लेकलाईड पुगेका थिए ।

लेकसाईडमा सजिनाको चिनजान भएका व्यक्ति सदरे आलमको कोठमा पुगेपछि फेरि भाटभटेनी पुगेका थिए । दिनभर घुमेर साँझ ५ बजेतिर सजिनाको घर पुगेका उनीहरुलाई सजिनाको आमाले गाली गरेपछि सजिना घरमै बसिन र अर्की एक साथी पनि घरतिर लागिन । बाँकी ३ जना बालिकाहरुलाई लिएर सदरे आलम भने लेकसाईडतिर लागेका थिए ।

  • 1
    Share