You are here
Home > समाचार > लागूऔषधसहित ५ जना पक्राउ

लागूऔषधसहित ५ जना पक्राउ

२२ आश्विन २०७५, सोमबार १२:१९

सिरहा – छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका-३ निवासी २८ वर्षिय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षिय नागेश्वर चौधरी र ३१ वर्षिय रोहितकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद गरेको छ ।

त्यस्तै सिराहा नगरपालिका-७ स्थित ट्राफिक चोकबाट लागूऔषधसहित सिरहा गोलबजार नगरपालिका-१० का २२ वर्षिय उमेशकुमार महतो र १३ वर्षिय कृपाकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट लागूऔषध नाइट्रोभेट १५० ट्याब्लेट, नाइट्रोजन १०० ट्याब्लेट तथा फोटोबिन ५६ एम्पुल बरामद भएको छ । प्रहरीले सिरहा नगरपालिका-२१ स्थित लकडिगोठबाट अबैध रूपमा भारततर्फ लाँदै गरेको २५ कार्टुन (सोफिया) मदिरासमेत बरामद गरेको छ ।

 

  • 2
    Shares