You are here
Home > कर्च्याप् कर्च्याप् > सेनाको पीडामा आधारित दशैं गीत

सेनाको पीडामा आधारित दशैं गीत

२२ आश्विन २०७५, सोमबार १४:१२

काठमाडौं-दशैं पर्व नजिकिएसंगै दशैंका गीतहरु दिनहुँ सार्वजनिक भएका छन् । यसैक्रममा गायक विशाल निरौलाले परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर ‘ज्यान यो परदेशी भयो’ बोलको दशैं गीतको म्यूजिक भिडियोलाई युट्युववाट सार्वजनिक गरेका छन् ।

गायक निरौलाकै शब्द र संगीत रहेको गीतको भिडियोमा वाध्यताले परदेशिन बाध्य भएका सेनाको पिडा झल्काइएको छ । चाडपर्वका बेला विदेशमा रहँदा मनमा आउने गाउँघर, परिवार र साथिभाईको सम्झनालाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ ।

भिडियोमा अभिनेत्री रश्मी भट्ट, गायक निरौलासँगै विमल अधिकारी, ओवी रायमाझी, मधु आचार्य, जुना गुरुङ, बिजय अर्याल, वेवो आचार्य लगायतका कलाकारले अभिनय गरेका छन्।

  • 74
    Shares