You are here
Home > समाचार > उपत्यकाका तीन डिएसपी फेरिए

उपत्यकाका तीन डिएसपी फेरिए

२२ आश्विन २०७५, सोमबार २१:४६

काठमाडौं-प्रहरी प्रधान कार्यालयले राजधानीको बौद्ध वृत्तमा डीएसपी नरेद्र चन्दलाई खटाएको छ।यसअघि गत शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धका डीएसपी श्यामकुमार राईलाई १ लाख ४० हजार घुससहित पक्राउ गरेपछि वृत्त नेतृत्वविहीन थियो।

महानगरीय प्रहरी परिसर ललितपुरमा रहेका डीएसपी चन्दलाई काजमा बौद्ध बृत्तको जिम्मेवारी दिइएको हो। महानगरीय प्रहरी परिसर ललितपुरमा छविका अपिलराज बोहरा आएका छन्।

यसैगरी, प्रहरी प्रधान कार्यालयले अन्य दुई वृत्तको नेतृत्व पनि परिवर्तन गरेको छ। थानकोट वृत्तमा डीएसपी कुमारविक्रम थापाको सरुवा गरेको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्र पुगेका छन्।

सातदोबाटोका डिएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो ।

महानगरीय प्रहरी वृत थानकोटमा डिएसपी कुमारविक्रम थापालाई खटाइएको छ । थानकोट वृतका डिएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

 

 

  • 9
    Shares