You are here
Home > समाचार > गौचन हत्याका नाइके समिरमानलाई पुनः मुस्ताङ लैजाने तयारी

गौचन हत्याका नाइके समिरमानलाई पुनः मुस्ताङ लैजाने तयारी

२३ आश्विन २०७५, मंगलवार ११:२६

काठमाडौं- सर्वोच्च अदालतले निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइके समिरमान सिंह बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा खारेज गरेसँगै उनलाई पुनः मुस्ताङ लगिने भएको छ।

नख्खु कारागार भित्र संकास्पद गतिबिधि गरेपछि केन्द्रीय कारागार बिभागले गुण्डा नाइके बस्नेतलाई मुस्ताङ कारागारमा सरुवा गरेको थियो।

त्यसको बिरुद्द समिरमाका दाजु सुविरमानले गत असोज १६ गते कारागार कार्यालय नख्खु ललितपुर र गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गराएका थिए ।

न्यायाधीशद्धय शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले सोमवार उक्त निर्णय गरेको हो । सर्वोच्चको उक्त आदेशपछि बस्नेत थुनामै रहने भएका छन् ।

सर्वोच्चले गुण्डा नाइके समीरमानको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षिकरण मुद्दा खारेज गरेको छ ।

यसअघि ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका बस्नेतलाई बन्दी प्रत्यक्षिकरण मुद्दाका लागि सर्वोच्च ल्याउन आदेश दिइएको थियो । अदालतको आदेशपछि मुस्ताङबाट सर्वोच्च झिकाइएका बस्नेतको बन्दी प्रत्यक्षिकरणको रिट खारेज भएको हो ।

समिरमानले केही काँग्रेसी नेताको आडमा आफुलाई इन्काउन्टर गर्न मुस्ताङ लगिएको भन्दै श्रीमती र दाजुमार्फत मिडियामा प्रचारबाजी गराएका थिए । गौचन हत्यामा संलग्न समिरमानका सुटर सहयोगीहरु लोप्साङ राइ, अंम्वर राना, रोशन बुढाथोकीलगायत अझै फरार छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गौचन हत्याका नाइके समीरमानलाई भारतबाट पक्राउ गरी गत मंसिर १७ गते सार्वजनिक गरेको थियो ।

  • 33
    Shares