You are here
Home > खेलकुद > भुटानलाई पराजित गदैं नेपालको चौथो जित

भुटानलाई पराजित गदैं नेपालको चौथो जित

२३ आश्विन २०७५, मंगलवार ११:३५

काठमाडौं –नेपालले मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा लगातार चौथो जित निकालेको छ ।

मंगलबार भएको खेलमा भुटानलाई ११७ रनले हराएर नेपालले लगातार जित हात पारेको हो । नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो ।

भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले अर्वाधिक ११ रन जोडे । त्यस्तै संजिवन गुरुङले ६ रन जोड्दा रमेश गुरुङ ४ रनमा अविजित रहे । भुटानका चार खेलाडी सुन्य रनमा आउट भए ।

नेपालका ललित नारायण राजवंशीले ४ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ६ रन खर्चदै ३ विकेट नै हात पारे । त्यस्तै बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले एक/एक विकेट लिए ।

यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे ।

त्यस्तै नेपालका अनिल कुमार साहले २७, दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ शेखले १३ रन जोडे । ओपनर विनोद भण्डारी सुन्य रनमा आउट भए ।

भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए ।

जितसंगै शीर्ष स्थानको नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । र, नेपालले एसिया छनोटको दोस्रो चरण पक्का गरेको छ । अब नेपालले बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

 

  • 3
    Shares