You are here
Home > समाचार > तस्कर र अपराधका घटना रोक्न सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

तस्कर र अपराधका घटना रोक्न सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

२३ आश्विन २०७५, मंगलवार ११:५८

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमानामा हुने तस्करी र अपराधका घट्ना नियन्त्रण गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखहरुलाई बोलाएर गृहमन्त्री थापाले सो निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका उच्च सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै थापाले भने, ‘तस्करी र अपराधका घट्ना नियन्त्रणका लागि थप सक्रिय भएर लाग्नुस् ।’ सीमा नाकामा हुने तस्करी र अपराधका घट्ना नियन्त्रणका लागि तिन महिनाभित्र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिँदै मन्त्री थापाले भने, ‘दशैं–तिहार तथा छठ पर्वमा सीमानामा हुने तस्करी बढ्नसक्छ, त्यसतर्फ विशेष ध्यान दिनुस् ।’

सशस्त्र प्रहरीलाई राज्यले सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै उक्त जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरेका छन् ।

  • 246
    Shares