You are here
Home > समाचार > गृहमन्त्री र आइजिपीविरुद्ध तरुण दल मानव अधिकार आयोग समक्ष

गृहमन्त्री र आइजिपीविरुद्ध तरुण दल मानव अधिकार आयोग समक्ष

२३ आश्विन २०७५, मंगलवार १२:०२

काठमाडौं-नेपाल तरुण दलले रोल्पा नगर अध्यक्ष रोहित पुनका हत्यारालाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै मानवअधिकार आयोग गुहारेको छ ।

गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको असक्षमताले अभियुक्त पक्राउ नपरेको तरुण दलले आरोप लगाएको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भूपेन्द्रजंग शाहीलगायतको टोलीले सोमबार राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई ज्ञापनपत्र बुझाउँदै पुनको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका हुन्।

तरुण दलले पुनको हत्यामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता देव घर्तीलगायतको समूह संलग्न भएको भन्दै उनलाई सहिद घोषणा गर्न पनि माग गरेको छ ।

‘यस घटनामा प्रत्यक्ष संलग्न सम्पूर्ण दोषीलाई कानुनी कारबाही र मृतकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी रोहित पुनलाई न्याय दिलाउन सरकार एवं सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गरिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

  • 4
    Shares