You are here
Home > कला > नेपाल कलाकार संघका अध्यक्ष बोगटीको निधन

नेपाल कलाकार संघका अध्यक्ष बोगटीको निधन

२३ आश्विन २०७५, मंगलवार १३:५७

काठमाडौं-नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेर निधन भएको छ ।

आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएका उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो ।

घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे ।

उनले केही चलचित्र पनि निर्माण गरेका थिए ।

  • 9
    Shares