You are here
Home > मनोरञ्जन > आजदेखि छक्का पञ्जा–३

आजदेखि छक्का पञ्जा–३

२४ आश्विन २०७५, बुधबार ११:०८

काठमाडौं -‘छक्का पञ्जा’ सिरिजको तेस्रो शृंखला आजबाट प्रदर्शनमा आएको छ । शुक्रबार फिल्म रिलिज गर्ने परम्परालाई तोड्दै घटस्थापनाको अवसर पारेर फिल्म रिलिज गरिएको हो । फिल्म मल्टिप्लेक्स तथा सिंगल थिएटरमा देशभर एकल रिलिज भएको हो ।

फिल्मकी निर्देशक दीपाश्री निरौलाले अब कमेडी फिल्म मात्र नबनाउने बताएकी छन् । पछिल्लो समय कमेडीमै सफलता मिल्दै आए पनि अब फरक रूपमा प्रस्तुुत हुुन चाहेको उनको भनाइ थियो ।

फिल्मका मुुख्य कलाकार जितु नेपाल मुन्द्रे र केदार घिमिरे माग्ने बूढाले यसपटक हँसाउनुका साथै सामाजिक चरित्रलाई समेत अँगालेका छन्। यो फिल्मको पहिलो र दोस्रो शृंखलाले सर्वाधिक व्यापार गरेको थियो । तेस्रो शृंखलाले पनि त्यसको निरन्तरता पाउने विश्वास निर्देशक दीपा श्रीले व्यक्त गरिन् ।

फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बूढा’, दीपिका प्रसाई, सन्जोग कोइराला, प्रियंका कार्की, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

  • 31
    Shares